शिर्सक – गोकुल बास्कोटा #गोबा => मुख्य जिम्मेवार

नोट : गोबा = गोकुल बास्कोटा = छाडा मु* (मिलाएर बुझ्ने प्रयास गर्नु होला, धन्यबाद )

गोबा हरु को देश नेपाल
हो यहाँ गल्लि गल्लि मा गोबा हरु बसेका छन्
मुखिया देखि गाउले सम्म गोबा नै हुन्
खेत जोत्ने हाली पनि गोबा हो
बाख्रा चराउने हर्के पनि उस्तै छ
स्कुल मा पढ्ने बिद्यार्थी अनि
तेइ स्कुल मा पढाउने मास्टर सम्म
घन्टी बजाउने पाले देखि
खाजा घर को भन्छे सम्म
सब गोबा हरु नै हुन्
हुदा हुदा

गोबा => मुख्य जिम्मेवार
Photo courtesy: Twitter


पल्ला घरे खरदार बा
माथिल्ला घरे सुबेदार काका
साइला घरे ठुला दाजै
सिरान घरे नर्स – ठुली आमा
गोलमटोल हिसाब गर्दा गोबा नै हुन्
किन कि
हली ले आफ्नो खेत बाझो राखेर कतार गएको छ
बाख्रा बाघ ले खैदियो भनि साउदी तिर छ
स्कुल बालक पढ्न छोडेर सिभरात्रि मान्न गाजा खोज्दै छ
मास्टर क्लास मा भन्दा ट्युसन मा बढी भेटिन्छ
घन्टी बजाउने र खाजा घरका साहु को
के कुरा गर्नु र आफ्नो परिवार पाल्ने पारो।
खरिदार बा ठुल्दाजी सुबेदार काका अनि नर्स ठुली आमा
सबैले गाउको खेतबारी अनि पुर्ख्येउलि थलो छोडेर
तराई क फाट अनि सहर बजार तिर घर घडेरी जोडेका छन्
अनि उनि हरु सबैको पर्गती देखेर मुखिया बा
दशैं मा घर टिका थप्न जादा असिर्वाद दिन्छन
फलाना को जस्तै पर्गती गरेस नाती भन्दै
तर

गोबा समाज => मुख्य जिम्मेवार
Photo courtesy: Twitter


ति सहर मा घर घडेरी जोड्ने हरुले
कमाएको सम्पति को मुख्य स्रोत क हो भनेर
ति चौरासी काट्न लागेका हजुरबा लाई के थाहा र ?
म पनि चुपचाप असिर्वाद थप्छु र घोसे मुन्टो लाउदै
घर तिर फर्किदै गर्दा सोच्छु
हामी सबैले नेता हरु लाई गाली गर्छौ
तर एक पिता आफ्नो घर जग्गा धितो राखी
कतार पठाएको छोरो बाकसमा आउदा पनि
राजनीतिक पार्टी को झन्डा घरको छत मा सान का साथ राखेर बस्छ।
चोर नेता हरु लाई भोट दिन्छ
कलेज पढ्ने केटो ढुंगा मुढा गर्छ
यो सबैको फल एक गोबा नेता जन्मिन्छ भनेर
किन कि गोबा नै गोबा भएको समाज मा
मा कसरी अपबाद हुन् सकुला र
मा पनि एक गोबा नै हु ।

जय गोबा जय पुजी ।

[मलाई twwiter मा फलो गर्नुहोला – http://www.twitter.com/ThakuriTeja मेरो अर्को ब्लग पनि पढ्नु होला – https://www.thakuriteja.com/maharajadhiraja-prithvi-narayan-shah ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *