नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास

नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी ,पोखरा हुँदै काठमाडौं सम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ ।

भारत का विभिन्न भु-भागहरू मध्य खासगरी उत्तराखंड राज्यको काँगडा, गढवाल, कुमाउँ, पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन कत्युर राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा नेपालको काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् ।

Dashrath  Bahadur Chand
Dashrath Bahadur Chand

नेपाल भरीका चन्द ठकुरीहरुको इतिहासअत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । चन्द ठकुरीहरुको इतिहास नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनैतिक इतिहासका महान् शहिद दशरथ चन्द को योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।

[१] नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका लोकेन्द्रबहादुर चन्द लाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ । उनीपछि विभिन्न चन्दहरू नेपाली सेना , नेपाल प्रहरी , निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा ठकुरीहरुको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।

[१] यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।

[१ ] नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास चन्द वंशको उद्गम चन्द ठकुरी गौतम गोत्री, कत्यायन श्राउतसूत्री, कत्यान गृहसूत्री, वौद्धायन धर्मसूत्री, मध्यनी शाखा , शुक्ल यजुर्वेद , त्रिनय (तीन) प्रवर (अङ्गिरा, अयस्या र गौतम) अन्तर्गत पर्दछन् । तसर्थ चन्द ठकुरी महर्षि गौतम का सन्तती हुन् भन्ने प्रष्ट छ । चन्द भन्ने थरको बारेमा प्राचिन कालिन खोज गर्दा निकै अगाडी पुग्नु पर्ने हुन्छ । किनकि महर्षि गौतमको जन्म र जिवन व्यतित कहाँ भयो, उनका सन्ततीहरू कहाँ बसोवास गर्नथाले र हजारौं वर्षको समयान्तरालमा उनीहरू कहाँबाट कहाँसम्म पुगे ? भन्ने विषयलाई निरुपण गर्नुपर्ने हुन्छ ।[१] प्राचिन ग्रन्थहरूले महर्षि गौतमको जिवन व्यतित भएको स्थान प्राचिन कालको मिथिला राज्य अन्तर्गत (मिथिला उपवन) जहाँबाट गोदावरी नदी बग्दथ्यो त्यही गोदावरी नदीको किनारमा महर्षि गौतमको आश्रम थियो ।

Lokendra Bahadur Chand
Ex PM – Lokendra Bahadur Chand

महर्षि गौतमले अहिल्या लाई विवाह गरी त्यही कुटीमा लगेका थिए । त्यो मिथिला वन गोदावरी नदी र गंगा नदी को बीचमा पर्दथ्यो । महर्षि गौतमको आश्रम भएको स्थानदेखि सामुन्ने गोदावरी नदीको पारी पट्टीको किनारमा त्यस समयको सबैभन्दा विकसित र सम्पन्न मानिएको पुष्कर नामको शहर थियो भनि उल्लेख छ । यस तथ्यबाट प्रष्ट हुन्छ कि, महर्षि गौतमका सन्ततीहरू मिथिला राज्यबाट फैलिएका थिए । महर्षि गौतमका छोरा शतानन्द त्यसबेलाको मिथिला राज्यका राज पुरोहित भएका थिए । तसर्थ महर्षि गौतमका सन्ततीहरूको विकास मिथिला राज्यमा भएको स्पष्ट छ । यसरी महर्षि गौतमका तीन छोराहरू वामदेव, नोधास र सतानन्दले मिथिला राज्यमा बसोवास गर्दै आफ्नो वंश फैलाएको देखिन्छ ।

[१] नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास यसरी मिथिलाबाट फैलिएका महर्षि गौतम का सन्ततीहरू अर्थात सुरुवाती समयका गौतम गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको लुम्बिनी क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई शाक्य वंश भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान गौतम बुद्ध कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो ।

त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको इलाहाबाद नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको उत्तर प्रदेश राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै कन्नौज जिल्ला रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज विक्रम संवत को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री क्षेत्रीय तथा ब्राह्मण हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ ।

प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा मुसलमान हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।

[१] माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी चन्द्र भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो ।

Tej Bahdur Chand
#ThakuriTeja

[१] कत्युरमा चन्दहरू शासन मुसलमानहरूको आक्रमणबाट कन्नौज छोडेर उत्तर पश्चिम पहाडतर्फ लागेका चन्दहरू आखिर तत्कालिन कत्युर राज्यको चम्पावत आइपुगे । चम्पावत तत्कालिन कत्युर राज्यको राजधानी थियो । कालिकुमाउँ चम्पावत क्षेत्रमा आइबसेका चन्दवंशी चन्दहरूसँग कन्नौजमा गरेको राजकाजको लामो अनुभव, चतुराई तथा उच्च सामाजिक सभ्यता थियो । जसले गर्दा उनिहरू चम्पावत क्षेत्रमा छोटो समयमा नै सामाजिक रुपमा राम्रो स्थान बनाउन सफल भए । यसरी आइबस्ने क्रममा चन्दहरू कुमाउँ क्षेत्रको चम्पावत तथा आसपासका इलाकामा बस्न थाले ।

कन्नौजबाट चम्पावत आएका चन्दहरूमा सबैभन्दा चलाख तथा प्रभावशाली व्याक्ति सोम चन्द थिए । उनि अत्यन्त कुटिल, चलाख र मानिसलाई रिझाउन सक्ने व्याक्ति थिए । यही कारणले सोम चन्दले कत्युरी राजदरबार तथा राजपरिवारमा अत्यन्त छोटो समयमा राम्रो पहुँच बनाई विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन कत्युरी राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम पिथौरागढ क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनि कत्युरी राजाको विश्वास जित्न सफल भए ।

Lokendra Bahadur Chand
Ex PM – Lokendra Bahadur Chand

त्यस समयमा कत्युरी राजवंश आन्तरिक झगडाका कारण अत्यन्त कमजोर बनेको थियो । त्यही कमजोरीको फाइदा उठाउँदै सोम चन्दले ठुलो रक्तपात नै नगरी कत्युरी राजसत्ता कब्जा गरे । वर्तमान कुमाउँका वैजनाथ तथा देवघाटमा भेटिएका शिलालेखहरूलाई उद्धृत गर्दै भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले उल्लेख गरे अनुसार सोम चन्दले कत्युरको राजसत्ता कब्जा गरेको समय विक्रमको ११ औं शताब्दिको अन्त्य तिर हो । जनताहरू कत्युरी राजाबाट दिकदार भइसकेका थिए । सोम चन्दले कत्युरी राजसत्तालाई विस्थापित गरिदिए भनेर कत्युरी जनताले त्यसको खासै विरोध पनि गरेनन् । यसरी सोम चन्दको शासन कत्युर क्षेत्रमा सुरू भयो । कुमाउ क्षेत्रमा कत्युरी रावंशको अन्त्यपछि चन्दवंशको निम्नानुसार शासन चल्यो :-

[१] क्र.सं. राज्यकाल (सन्) राजाको नाम मु १. ११ औं शताब्दिको अन्त्य तिरबाट सोम चन्द कत्युर राज अन्त् आफ्न स्था तत्क राज् अस्क बार सुईद द्वार लखन राज् गाभ कुमा खडा

२. १२६१ – १२७५ थोहर चन्द सोम बसा विर कडा निर ३ १३४४ – १३७४ अभय चन्द विभ मन्द निर्

४. १३७४ – १४१९ गरुडज्ञान चन्द काल तथा विभ शिल मन्द निर् लगा

५. १४३७ – १४५० भारती चन्द हरि विभ मन्द निर् लगा

६. १४८८ – १५०३ किर्ति चन्द पुरै नै तथा आसप राज् विज

७. १५४२ – १५६३ कल्याण चन्द चन्द राज चम्प सारे काय उनले नगरक स्था त्यस अहि आलम भनि

८. १५६५ – १५९७ रुद्र चन्द रुद्र च बाद अकब समक थिए अकब लाह भेटेक अकबइ-अक उल्ले त्यस भनि अकब भार विश जमि भनि गरेक त्यस अकब र रुद्र ऐन-इ- हस्त रुद्र च तिर सम्झ भएक रुद्र च गढव राज् हमल थिए .

८. १५९७ – १६२१ लक्ष्मी चन्द रुद्र च छोर चन्दले नयाँ बसा रुद्रपु काश बाज उनले बागे बाघ मन्द लगा

९. १६३८ – १६७८ बजबहादुर चन्द यिन चन्दवं चन्द सबैभ प्रभ तथा राज यिन बाद शाह समक थिए, शाह विभ मुद्द सहक र नि भेटघ गरेक छ ।

१०0 १७७९ – १७८६ प्रद्युम्न चन्द पृथ्व शाह नेपा एकि शिल पश्च गर्न ह फौज पुग्द देहर भएक वीर

११. १७८८ – १७९० महेन्द्र सिंह चन्द यिन चन्दवं विभ राज् विभ थिय कुमा गढव कुमा गोर पुग्द राज थिए गोर् फौज कुमा चन्दवं अन्त् कुमा नेपा गाभ् सिंह कुमा अन्त राज चित् यसरी कुमाउँका चन्दहरूको एक शिलशिलेबार शासन व्यवस्था थियो । यसै गरि कुमाउँ तथा त्यस आसपासका विभिन्न क्षेत्रमा इ.सं.को ११ औं शताब्दी देखी करिब १९ औं शाताब्दीको सुरुवातसम्म अर्थात करिब ८०० वर्षसम्म चन्दवंशको शासन चलेको देखिन्छ । तत्कालिन अवस्थामा नेपाल एकिकरण गर्न हिंडेको नेपाली फौंजले कुमाउँ विजय गरेको केही समय पछि उनिहरूले काँगडामा रहेको संसार चन्दको शासन माथि हमला गरे ।

सन् १८०६ मानेपाली सेना ले काँगडा माथि हमला गरी संसार चन्दलाई काँगडा किल्लामा करिब ३ वर्ष बन्दी बनाएको थियो । यसबाट प्रष्ट हुन्छ कि काँगडामा पनि चन्दवंशको अलग र स्वतन्त्र राज्य थियो । त्यही समयमा कहलुर पनि एक स्वतन्त्र राज्य थियो । त्यहाँका राजा महान चन्द थिए । यसरी वर्तमान भारतको उत्तराखण्ड इलाकामा चन्दवंशका थुप्रै राज्यहरू थिए । यस वंशले करिब ८०० वर्ष शासन गरेको देखिन्छ।

चन्दहरुको वर्गीकरण नेपालका चन्दहरू धौला चन्द हुन् । सोम चन्दले कत्युरी शासन कब्जा गरी सकेपछि चन्दहरू त्यस क्षेत्रका राम्रा र उन्नत ठाउँमा विभिन्न अधिकार लिएर बस्न थाले । यसरी बसेका ठाउँहरूमा चन्दको पारिवारिक संख्या बढ्दै गयो । ११ औं शताब्दी देखि १५ शताब्दीसम्मको करिब ३०० वर्षको समयमा चन्द परिवारहरूको संख्या पनि निकै विशाल हुन गयो । यसरी ठुलो क्षेत्रमा बसेका चन्दहरूको पहिचान पनि अलग-अलग किसिमले हुन थाल्यो । खासगरी बसोवास गरेको स्थानको आधारमा चन्द परिवारलाई चिन्न थालियो । चन्दहरूको बसोवास पनि मुख्य गरी तीन क्षेत्रमा भएको देखिन्छ ती तीन क्षेत्रहरू यस प्रकार छन् । कुमाउँ क्षेत्रमा तत्कालिन अवस्थामा सबैभन्दा बढी उब्जाउ हुने र बस्न उपयुक्त ठाउँहरूमा मुख्य तीन नदीका किनाराका क्षेत्रहरू पर्दछन् ती तीन नदीहरू हुन् :-

1. गोरी नदी गोरो रङ्गसँग सम्बन्धित 2. धौली नदी धमिलो रङ्गसँग सम्बन्धित 3. काली नदी कालो रङ्गसँग सम्बन्धित

यी तीनवटै नदीहरू उत्तरी हिमालबाट दक्षिण तिर बग्ने कुमाउँ क्षेत्रका मुल नदीहरू हुन् र यि नदीहरू अन्ततः गंगा मा मिसिन्छन् ।

[१] यि नदीहरूका किनारको समतल क्षेत्र तथा भित्रीमधेसका नदी किनारका उर्भर क्षेत्रहरूमा चन्दहरू विभिन्न अधिकार सहित अधिकारी भएर बसेको देखिन्छ । लामो समयको अन्तराल पछि चन्दहरूको जनसंख्या पनि विशाल भयो र उनीहरूलाई चन्द मात्र भन्दा पारिवारिक परिचय नखुल्ने भयो । त्यसैले उनीहरू बसोवास गर्ने क्षेत्रका आधारमा परिचय खुलाउनु पर्ने भयो । जस्तै:-

१) गोरी नदीको किनारमा बस्ने चन्दहरूलाई “गोरा” भनेर चिन्न थालियो । २) धौली नदीको किनारमा बस्ने चन्दहरूलाई “धौला” भनेर चिन्न थालियो । ३) काली नदीको किनारमा बस्ने चन्दहरूलाई “कल्यानी” भनेर चिन्न थालियो ।

[१] यसरी बसोवास गर्ने स्थानको आधारमा कुन चन्दभन्दा गोरा चन्द, धौला चन्द र कल्यानी चन्द भनेर परिचय दिने चलन १४ – १५ औं शताब्दी तिर चलेको देखिन्छ । करिब यहि समयमा धौली नदी किनारमा बस्ने केहि धौला चन्दहरू त्यहाँबाट पूर्व वर्तमान नेपाल तिर सरेको देखिन्छ । ति मध्य वर्तमान नेपालको बैतडीका चन्दका पूर्वज रणधौला र गढधौला थिए । उनिहरू आफुलाई चन्द भन्दापनि धौला भनेर परिचय दिन्थे । वर्तमानमा बैतडा, डोटेली, अछामी, स्वराड मा बस्नेहरूलाई सोडारी , बोगटान मा बस्नेहरूलाई बोगटी भनेजस्तै ।

वास्तविक नाम भन्नु पर्दा वा लेख्नु पर्दा रणदेउ चन्द, गडदेउ चन्द, मदनमाणीकदेउ चन्द जस्तो नाम संरचना हुन्थ्यो । त्यस प्रकार वर्तमान बैतडीका चन्दहरूका पुर्खा कुमाउँको धौली नदी किनारमा बसोवास गर्ने रणधौला र गडधौलाका सन्तानहरू थिए । ति धौलाहरूका सन्ततिहरू मध्य चार भाई रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउ आधिकारीक रुपमा बैतडी आएका थिए भन्ने इतिहासमा पाइन्छ ।

माथि उल्लेखित नाममा पनि केहि स्पष्ट पार्नुपर्ने देखिन्छ । रानादेउ, भानादेउ, उदयदेउ र जसदेउका नामको पछाडि किन धौला नलेखेर देउ मात्र लेखे ? यो प्रश्नको जवाफ पनि सहज छ । कुमाउँमा प्राप्त शिलालेख तथा इतिहासवादीहरूको भनाई अनुसार त्यसबेला चन्दहरूका ठुलाबडा, मान्यगणलाई देउ भनेर सम्मानित गरेको पाइन्छ । आजकल ब्राह्मण लाई गुरू भन्ने, क्षेत्री लाई काजीसाप भन्ने, ठकुरी लाई राजा भन्ने गरे जस्तो देउ भन्ने चलन रहेको र देउ शब्द तत्कालिन समयको नाम संरचनाको मध्य नामको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ जस्तै:- रानादेउ चन्द, भानादेउ चन्द, उदयदेउ चन्द, जसुदेउ चन्द आदि ।

[१] त्यस समयका चन्दहरू उदयदेउ, रानादेउ, भानादेउहरूको चन्दको टाइटलबाट भन्दापनि देउको टाइटलबाट बढी प्रख्यात भएको देखिन्छ । त्यसैले उनीहरूको प्रख्यात टाइटल देउ नै रहेका देखिन्छ । अहिले बैतडीका चन्दहरू खासगरी रानादेउ र उदयदेउका सन्ततिहरू आफ्नो कुल देवता को रुपमा रानादेउ र उदयदेउलाई पूजागर्ने तथा आफ्ना निकटतम पुर्खा उनीहरूलाई नै मान्ने गरेका छन् । स्मरण रहोस् धौला र देउशब्द चन्दहरूले मात्र प्रयोग गरेको नभइ यो शब्द पाल , बम , मल्ल आदिले पनि प्रयोग गरेको देखिन्छ । यही कारणले केही खोजकर्ताहरूले पाल, बम, मल्ल र चन्दहरूका वंशज एउटै थिए भन्ने अनुमान गरेका छन् त्यो अनुमानमा सहमत देखिदैन । किनकी १० औं शताब्दीभन्दा अघि देखि नै कन्नौजमा चन्दहरू अलग्गै अस्तित्वमा रहेको देखिन्छ ।

पछि चन्दहरू कन्नौजबाट चम्पावत आएपछि लगभग १२ औं शताब्दीको अन्त्यतिर कत्युरी राज्य कब्जा गरेका सोम चन्द र उनका सगोत्री स्पष्ट अलग छन् र पछि चन्दहरूले कुमाउँ, गढवाल, असकोट, पिथौरागढ, काँगडा आदि स-साना राज्य खडागरी बसेका मल्ल, बम, पाल तथा शाहीहरूलाई युद्धमा परास्त गरी लखेटेको इतिहास छ । चन्दवंश १० औं शताब्दिभन्दा पहिलेदेखि हालसम्म अटुट रुपमा चलिआएको स्पष्ट छ । तसर्थ मल्ल, बम, शाही, पाल आदिका पुर्खासँग चन्दका पुर्खालाई जोड्ने तर्कसँग सहमत हुन सकिदैन ।

Netra Bikram Chand "Biplov"
Netra Bikram Cand “Biplab”

[१] नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास नेपालका चन्दहरू कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम महाकाली नदी तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो स्वराड क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए ।

नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( जाजरकोट , सुर्खेत , रुकुम , रोल्पा ) तथा सल्यान , प्युठान तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।

[१] अहिले बैतडी, डोटी, अछाम , डडेलधुरा हुँदै पूर्व दैलेख , जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा, प्युठान, म्याग्दीसम्म फैलिएका चन्दहरू तथा अछामको बाटुलासैन (झाँता), बाबला , पुलेतोला तथा कालीकोट को ठिकेका बटाला (चन्द) हरू र अछामको कालागाउँ, दर्ना, तोली, लयाँटी, सुर्खेत, दाङ सम्म फैलिएका सोडारी (चन्द) हरू पनि रानादेउ, उदयदेउका सन्तानहरू हुन् ।

[१] यसरी अहिले नेपालमा रानादेउ, उदयदेउ र भानादेउका सन्तति चन्दहरू, बटालाहरू र सोराडीहरू रहेका छन् । यसरी तीन भाईका सन्ततिहरू अहिले नेपालको राष्ट्रिय जीवनमा अत्यन्त महत्व राख्ने चन्द थरलाई अघी बढाई रहेका छन् ।

(नेपाल भरीका चन्द ठकुरीहरुको इतिहास )चन्दवंशका महत्वपूर्ण व्यक्तित्व

1. अहिलेसम्म नेपाली समाजमा चन्दवंशका सबैभन्दा पूज्य व्याक्तित्वको रुपमा अमर शहिद दशरथ चन्द रहेका छन् । उनी नेपालको १०४ वर्षे राणा शासन को अन्त्य गर्ने प्रजातान्त्रिक आन्दोलनका अभियन्ता थिए जसलाई राणाहरूले मृत्युदण्ड दिए । शहिद दरथ चन्द रानादेउ पट्टीको वंशमा जन्मिएका थिए ।

2. उदयदेउको वंशबाट अहिले नेपालको राष्ट्रिय जिवनमा महत्व राख्ने र प्रभाव पार्ने व्याक्तित्वहरूमा नेपालको चार पटकसम्म प्रधान मन्त्री भएका लोकेन्द्रबहादुर चन्द उल्लेखनिय छन् । [१]

3. राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द भानादेउ पट्टीका दैलेख सुर्खेतका बाशिन्दा हुन ।

Rohit Chand
Rohit Chand


My Next Blog : https://www.thakuriteja.com/some-tips-for-staying-healthy-over-winter/

Here i am on Twitter :- https://twitter.com/ThakuriTeja

Leave a Reply

Your email address will not be published. Required fields are marked *